बाँकेमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु

बाँके । कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । जाजरकोटको जुनिचाँदे गाँउपालिका ५ गर्खाकोट निवासी ७६ वर्षीय महिलाको बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।

उनी केही समयदेखि कोहलपुरमा बस्दै आएकी थिइन् । पित्त थैलीको समस्याबाट ग्रसित महिलालाई असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइतबार शिक्षण अस्पताल कोहलपुरमा लैजाने तयारी गरिएको थियो । सोही क्रममै उनको दिउँसो २ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसँगै बाँकेमा बाहिर जिल्लाबाट आएर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार