कावासोतीमा ट्याक्टरको ठक्करबाट एक युवकको निधन

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

स्थानीय भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरले हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते सारु मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मृतकको शवको पोष्टमार्टमको तयारी भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।nagarikkhabarबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार