खैरो हेरोइनसहित एक जना पक्राउ

विराटनगर । खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले चेकजाँच गर्नेक्रममा विराटनगर–१२ स्थित कलेज रोडबाट विराटनगर–१६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई पक्राउ गरेको हो।

मण्डलको साथबाट ५।७० ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कर्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार