ललितपुर महानगरमा ५२१ जना सक्रीय कोरोना संक्रमित, १६ जनाको निधन

काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा ५ सय २१ जना सक्रीय संक्रमित रहेका छन् । काठमाडौं उपत्यका कोरोना संक्रमितको केन्द्र बन्दै गएपनि ललितपुर महानगरमा तुलतात्मक रुपमा कम संक्रमित भेटिएका छन् ।

उपत्यकामा संक्रमितको संख्या देशभरको संक्रमितको संख्याको आधाभन्दा धेरै रहेको छ । उपत्यकामा पनि काठमाडौं महानगरमा सबैभन्दा बढी संक्रमित रहेका छन् ।ललितपुर महानगरमा अहिलेसम्म १ हजार ४ सय ४ जना संक्रमित भेटिएका महानगरले जनाएको छ । जसमध्ये होम आइसोलेसनमा ४ सय ७२ र अस्पतालको आइसोलेसनमा ४९ जना मात्र रहेका महानगरले जनाएको छ ।

महानगरमा महिलाको भन्दा पुरुष संक्रमितको संख्या बढी रहेको छ । पुरुष ७ सय ६१ जना संक्रमित रहेका छन् भने महिला ६ सय ४३ जना रहेका छन् ।अहिलेसम्म ८ सय ६७ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । ललितपुर महानगर क्षेत्रमा अहिलेसम्म १६ जना संक्रमितको निधन भएको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार