
पहिरोमा परी ३ जनाको मृत्यु
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको…
काठमाडौं । ओखलढुंगामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन्। १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन्। बिहीबार दिउँसो करिब १२ बने सिद्धिचरण नगरपालिका-५मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन्। पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालय ओखलढुंगाका सहायक वन अधिकृत कृष्णवेद यादवले बताए।
पोखरीमा ३४ वटा बाँदर डुबेका थिए। बाँदरहरू पानी खान त्यहाँ गएको देखियो। अरू बेला पनि जान्थे तर हिजो पानी कम थियो, यादवले भने,पानी कम भएपछि उनीहरू निस्किन सकेनन्। त्यही डुबेर मरे। उनले थपे, माटोको पोखरी भएको भए नंग्रा गाढेर भए पनि निस्किन सक्थे तर सिमेन्टको प्लास्टर गरेकव पोखरी हुदाँ निस्किन सकेनन्।
१२ वटा बाँदरलाई भने स्थानीयले थाहा पाएपछि बाँस राखेर निकालेका थिए। मरेका बाँदरहरूको पछि साँझ वन डिभिजन कार्यालयको टोलीले मुचुल्का उठाएर खाल्डोमा पुरिदिएको छ।सेतोपाटीबाट साभार
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको…
बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…