विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

वासिङ्टन, एएनआइ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।

उक्त विश्वविद्यालयका अनुसार विश्वभरि तीन करोड ९५ लाख २ हजार ९ सय ९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरि ११ लाख ६ हजार ७ सय ५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच, विश्वभरि रहेका कुल संक्रमित मध्ये दुई करोड ७१ लाख ४८ हजार ९ सय २७ व्यक्ति कोरोना भाइरसमुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७ सय ८० व्यक्ति संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । यद्यपी अमेरिकामा ३१ लाख ९७ हजार ५३९ व्यक्ति कोरोना भाइरस मुक्त भएका पनि विश्वविद्यालय जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७४ लाख ३२ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा ५२ लाख ३०० व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १३ लाख ७६ हजार २० जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६५ लाख २४ हजार ५ सय ४९ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड–१९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार