नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोना भाइरस परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट मंगलबार आएको र उक्त रिपोर्टमा कोरोना पोजिटिभ देखिएको उनले जानकारी दिइन् ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाकी सचेतक रहेकी चौधरीले आफूमा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि स्वाब परीक्षण गराएको बताइन् । घरमै आइसोलेसनमा रहेकी उनले भनिन्, उच्च ज्वरो आउने, धेरै रुघा लाग्ने भइरहेको छ । कोरोना भाइरसका लक्षण देखिएकाले उपचारका लागि अस्पताल जाने तयारी भइरहेको चौधरीले बताइन् ।

यसअघि संघीय संसदका झन्डै एक दर्जन सांसदहरूलाई कोरोना संक्रमण भइसकेको छ । सुरुमा प्रदीप यादव, डा। सूर्यनारायण यादव, यज्ञबहादुर बोगटी, अमनलाल मोदी, विनोद चौधरीलगायतलाई कोरोना भाइरसकव संक्रमण भएको थियो । संघीय संसद सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको छ । बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार