देशभर १ हजार ५५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस संगै संक्रमित संख्या ९०,८१४ पुगेका छन् ।

उहाँका अनुसार आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार