साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, १० जना महिला

काठमाडौं । साझा पार्टीले केन्द्रीय सदस्य थप गरेको छ। संयोजक रवीन्द्र मिश्रका अनुसार साझाका सातै प्रदेश तथा युवा संगठनबाट ३७ जना केन्द्रीय सदस्य थप गरिएको हो। बिहीबार थपिएका केन्द्रीय सदस्य प्राय सबै युवा छन्। अब साझामा केन्द्रीय सदस्य ६५ जना पुगेका छन्।

गत फागुनमा लुम्बिनीमा सकिएको पार्टी भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेकोमा अहिले कार्यान्वयनमा ल्याएको साझाले जनाएको छ। थप गरिएका केन्द्रीय सदस्यमा १० जना महिला छन्। साझाले केन्द्रीय समिति पुनर्गठनसँगै विचार र उद्देश्य समान भएका राजनीतिक पार्टीलगायतसँग एकीकरण तथा ध्रुवीकरणको प्रक्रिया पनि सुरू गरेको जनाएको छ।

साझामा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे केन्द्रीय सदस्य भएका हुन्। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार