कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले सूचना प्रकाशित गरी असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् । बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालया कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार