देशभर थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।


संक्रमित मध्ये १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुष रहेका छन् ।यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार