पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना संक्रमण , देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार