पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ भने क्वारेन्टिनमा ५२३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार