काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् । गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताए ।
शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए । शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।अनलाइनखबरबाट साभार