देशभर थपिए ९३६ कोरोना संक्रति , १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ भने हाल देशभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार