शिक्षकमा र स्थानीय बासिन्दामा कोरोना देखिएपछि बैतडीका विद्यालय पुन:बन्द

धनगढी । शिक्षकमा र स्थानीय बासिन्दामा कोरोना देखिएपछि बैतडीका विद्यालय पुन:बन्द भएका छन्।कोरोना महामारी फैलिएदेखि झण्डै ७ महिनापछि सञ्चालनमा आएका विद्यालयहरू पुन:बन्द भएका हुन्।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले संक्रमण फैलिएका ठाउँमा जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको बताए। जिल्लाको डिलाशैनी गाउँपालिकाले कोरोना जोखिम बढेको भन्दै पुस ५ सम्म लकडाउन गरेको थियो। त्यसपछि विद्यालय पनि बन्द गरेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

यस्तै, दोगडाकेदार गाउँपालिकाका एक शिक्षकमा कोरोना पुष्टि भएकाले पुस २ गतेसम्म विद्यालय बन्द गरिएको सोही स्थानीय तहको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए।

उनले संक्रमण बढी फैलिन थाले विद्यालय छिट्टै सञ्चालन नहुने बताए। यस्तै, पाटन नगरपालिकाकाले पनि बजार क्षेत्र रहेको वडा नम्बर ६ का विद्यालयहरू पुस ५ सम्म बन्द गरेको छ।

दुई विद्यालयका शिक्षकमा कोरोना देखिएपछि संक्रमणको जोखिम बढ्ने भन्दै उक्त वडाका विद्यालय बन्द गरिएको नगरपालिकाका नगर प्रमुख केशवबहादुर चन्दले बताए।

यस्तै, सुर्नया गाउँपालिका–२ स्थित वासुदेव माविका एक शिक्षिकालाई पनि कोरोना संक्रमण देखा परेपछि वडा नम्बर २, ३, ४ जोखिम रहेका क्षेत्रका विद्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार