भुरुङ तातोपानीमा न्यानो कपडा वितरण

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका ज्येष्ठ नागरिक ,अपाङ्ग र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर ,प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष ओम प्रसाद फगामीले वडाभित्रका ८६ जनालाई कम्मल वितरण गरेका थिए ।

वडाबाट १७ थान ,गाउँपालिकाबाट १२ ,वडा जनप्रतिधिबाट १५ र गाउँपालिको महिला शाखाबाट ५० हजार रुपैयाँको ४० थान कम्मल वितरण गरिएको वडा अध्यक्ष फगामीले बताउनुभयो । उहाँका अनुसार ,यसैगरी भुरुङ तातोपानी घर भई हाल युकेमा बस्ने धनकुमारी तिलिजा थापाबाट एक सय जनालाई एघार सय पाँच रुपैयाँका दरले ,बर्गिकृत अपाङ्गता भएका व्यक्तीलाई पनि कपडा र नगद अन्यलाई न्यानो कपडा गरी साढे दुई लाख रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ । यस संगै गाउँपालिका र व्यक्तीबाट गरी एक सय ३५ जनालाई वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जाडोको समयमा ज्येष्ठ नागरिक,विपन्न र अपाङ्गता भएका परिवारलाई न्यानो कपडाको आवश्यक हुने बताउनुभयो । साथै उहाँले सहयोगीदाता धनकुमारी तिलिजा थापालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपन्न तथा अपाङ्गता भएका परिवारलाई गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष मगर र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जाडोको समयमा विपन्न परिवारका लागि आर्थिक क्षमता भएकाले सहयोग गर्न समेत अपिल गरे । वडा अध्यक्ष फगामीको अध्यक्षता, वडा सचिव अस्मीता तिवारीको स्वागत र वडा सदस्य बुद्धी पुनले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य आत्म तुलाचन र समाजसेवी श्याम बहादुर राना मगरले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार