न्यु दरबाङ महिला सहकारीको आठौं साधारणसभा

विप्लब कार्की
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजारमा रहेको न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार दरबाङमा एक कार्यक्रमका विच आठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले कार्यक्रमको उद्घाटन गर्दै शभकामाना व्यक्त गर्नुभयो । उपाध्यक्ष विटालुले बचतले महिलाहरुलाई आर्थिक रुपमा बलियो र शसक्त बनाउँदै लैजाने बताउनुभयो ।पुँजि लगानी गरी सहकारीले महिलाहरुलाई व्यवसायीक बनाइ आत्मनिर्भर बनाउनमा मदत गर्नुपर्नेमा उपाध्यक्ष विटालुले जोड दिनुभयो । साथै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

सहकारीले १ करोड ५४ लाख रुपैयाँ कारोबार गर्न सफल भएको प्रबन्धक सोलिना किसानले जानकारी दिनुभयो । सात सय २६ शेयर सदस्य रहेको सहकारीको ४४ लाख ४९ पाँच सय शेयर पुँजी रहेको छ । सहकारीकी अध्यक्ष ममसरा कार्कीको अध्यक्षता तथा सचिव लक्ष्मी सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा सहकारीकी उपाध्यक्ष गौमति चापागाई लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार