दीनानाथ शर्माले भने, ‘कुनै गुटमा नलाग्ने भनेको होइन’

काठमाडौं । राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा नलाग्ने नभनेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभामा संसदीय दलको नेताका हैसियतले आफूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेता शर्माले राष्ट्रियसभामा तटस्थ रहने बताएको जानकारी दिए । ‘सञ्चार माध्यममा आएजस्तो कतै पनि नलाग्ने भन्ने होइन’ नेता शर्माले भने, ‘म हिजो जहाँ थिएँ, त्यहीँ छु नि ।’

उनी प्रचण्ड–नेपाल पक्षको बैठक भेलाहरुमा सहभागी हुँदै आएका छन् । राष्टियसभाको संसदीय दलको जिम्मेवारीमा रहेकाले आफूले गुटगत रुपमा काम नगर्ने बताएको उनले स्पष्ट पारेका छन् ।

‘म स्वतन्त्र भूमिकामा रहने भएको छु । उसै पनि राष्ट्रियसभाले सरकार बनाउने र ढाल्ने होइन, त्यहाँ पक्ष विपक्षमा उभिनु पनि हुँदैन’ उनको भनाइ छ । ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित तीन जना समेत जोडेर नेकपाका ५० सांसद छन् । ५० जनामध्ये वामदेव गौतम दुवैतिर नलाग्ने भनेर बसेका छन् । प्रचण्ड–नेपाल पक्षले आफुहरुसँग २४ सांसद रहेको दावी गर्दै आएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार