लोकदिप सहकारीको करिब १० करोड लगानी, कोरोना महामारीमा ८ लाख ब्याज छुट

बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले ९ करोड भन्दा बढी लगानी गरेको छ । एक करोड ३० लाख ९१ हजार ९ सय शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा ९ करोड ९३ लाख १ हजार १६० लगानी, १२ करोड ९७ लाख ८८ हजार ४५७ निक्षेप संकलन गरेको जनाएको छ ।

गत पुस २५–२९ गतेसम्म बेनीमा सम्पन्न भएको ७ औं साधारणसभामा कोरोना महामारीमा नियमित कर्जाको ब्याज तिर्ने शेयर सदस्यलाई राहत स्वरुप ७ लाख ९८ हजार ३२ रुपैयाँ ब्याजमा छुट समेत गरिएको प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिए । सहकारीमा कुल ६ सय ९२ जना सदस्य रहेका छन् ।

साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिका सहकारी शाखाका प्रमुख कुमार रिजालले सहकारीले तीनै तहका सरकारको सहकारी निती अनुसार सञ्चालन गर्नुपर्ने बताए। सोही अवसरमा सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीका लगानी उत्पादनमुखी क्षेत्रमा लगानीसँगै जेष्ठ नागरिकलाई सुविधा दिने गरी सहकारीले प्याकेज ल्याउनुपर्नेमा जोड दिए । साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले संस्थागत, सचिव ओमप्रसाद शर्माले प्रगति र कोषाध्यक्ष देबेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा सहकारीका अनुगमन उपसमिति संयोजक विरेन्द्र श्रेष्ठलाई म्याग्दी जेसीजको अध्यक्षमा निर्वाचित भएको उपलक्ष्यमा सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष गौतमको अध्यक्षता, स्वागत उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ र सञ्चालन प्रबन्धक सुबेदीले गरेका थिए । सहकारीले सेयर सदस्यलाई लक्षित गरी नयाँ बचत योजना, सहकारी सदस्य घरदैलो अभियान लगायत उपयुक्त सहकारीसँग एकआपसमा मर्जर समेत गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार