याम्दी जीप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग

बेनी । माघ ३ गते पोखरा–बाग्लङ राजमार्ग अन्तर्गत कास्कीको याम्दीजौबारी जिप दुर्घटनाका मृतक र घाइतेका  परिवारलाई म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोट घर भई हाल प्रवासमा रहेका च्युरिबोट बासीहरुले आर्थिक सहयोग गरेका छन् । युकेमा रहेका च्युरिबोट फेमली गु्रप परिवारमा आवद्ध सदस्यहरुबाट संकलित ४ लाख ५ हजार ६८४ शुक्रबार मृतक र घाइतेका परिवारलाई हस्तान्तरण गरिएको छ ।

हेम्जाबाट छुटेको जिप अनियन्त्रीत भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । दुर्घटनामा ज्यान गुमाउनुभएका पोखरा महानगरपालिका–१० का हिमप्रकाश घर्ति मगरकी श्रीमति तनमाया घर्ति मगरलाई एक लाख र चित्रा घर्ति मगरका छोरा प्रेम मगरलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको च्युरिबोट गु्रप पोखराका भिजेन्द्रमान पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते पोखरा महानगरपालिका वडा नम्बर १० की सावित्रा घर्ति मगरलाई ४० हजार , देउमाया घर्ति मगरलाई ४० हजार ,रुममाया पुनलाई ४० हजार ,मुना र्घिर्त मगरलाई ४० हजार ,बालिका सांग्रिला जुग्जालीलाई २२ हजार ८४२ र निता पुनलाइ २२ हजार ८४२ रुपैयाँका दरले राहत सहयोग रकम हस्तान्तरण गरिएको हो । पुन सहित च्युरिबोट ग्रुप पोखराका बोमबहादुर पुन ,सुवेदार कृष्ण सिंउथानी र सोमबहादुर पुनले शुक्रबार एक कार्यक्रमका विच राहत सहयोग रकम मृतक र घाइते परिवारका आफन्तलाई हस्तान्तरण गर्नुभएको हो ।

https://www.facebook.com/100052349178004/videos/236297958125175/

यसैगरी ,युकेमा रहनुभएका लक्षमण पुनले ६० हजार ,अमेरिकामा रहनुभएका धिरज सुतपहरे घर्ति पुनले ६० हजार र जापानबाट विजय सुतपहरे घर्ति पुनले पठाउनुभएको ६० हजार राहत सहयोग रकम मृतक परिवारलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । सो रकम मृतक हिमप्रकाशकी श्रीमति तनमायालाई ७५ हजार र चित्राका छोरा प्रेमलाई ७५ हजार रुपैयाँ हस्तन्तरण गरिएको हो । बाकी रकम ३० हजार रुपैयाँ घाइतेहरुलाई हस्तान्तरण गरिएको थियो । भने , हङकङबाट भिमराज पुनले २५ हजार र विनोद पुनले २५ हजार रुपैयाँ राहत सहयोग रकम पठाउनुभएको पुनले जानकारी दिनुभयो । सो रकम मृतक हिमप्रकाशकी श्रीमती र चित्राका छोरालाई २५ हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार