बेनी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आठौ साधारणसभा एवं छैठौं अधिवेशन सुरु भएको सुरु भएको छ । आइतबार बेनीमा सुरु भएको कार्यक्रमको उद्घाटन बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी ,उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कुबिरकुमार श्रेष्ठ ,म्याग्दी उद्योग वाणिज्य संघका अयध्यक्ष उत्तमकुमार कर्मचार्य, संघका निवर्तमान अध्यक्ष जिवनकुमार विश्वकर्मा ,बेनी नगरपालिका–८का वडा अध्यक्ष नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइली ,संघका द्धितिय उपाध्यक्ष राजेश शाक्य ,विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको छ ।