तीन सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा आउन सकेन

थम्मन थापा
बागलुङ ।दिउँसो देखि गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा आगोलागी हुँदा करौडौंको क्षति भएको छ । भैंसे दान्सिङ डाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वन सम्म फैलिएको छ ।

आगोलागीको कारण दानसिङ डाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायीक वनका सदस्यमान बहादुर भण्डारीले जानकारी दिनुभयो । दिउँसो देखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानियले आगो निभाउने प्रयास गरेता पनि अहिले आगो नियन्त्रण बाहिर रहेको उहाँले बताउनुभयो ।

सोही आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वनमा प्रवेश गरे सँगै उक्त सामुदायीक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिनुभयो । आगोको कारण दानसिंङ सामुदायीक वन सँगै जोडिएको गगनपानी सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ को झण्डै ५ हेक्टर क्षेत्रफल वन क्षेत्रमा क्षति भएको बताइएको छ ।

ठुलाचौर महिला सामुदायीक वन, दानसिङ डाँडा सामुदायीक वन सिमाना जोडिएका वन हुन । आगो अहिले पनि जंगलमा फैलिरहेको छ । आगो बस्ती तिर आउने खतरा रहेको भन्दै स्थानियबासी चिन्तित भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । आगो निभाउन स्थानिय र प्रहरीको सक्रियता रहेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

वन क्षेत्रमा आगोलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी, वनमा रहेका रुख बिरुवा जलेर नष्ट भएका छन । साँझ परिसकेको र भीरमा आगोलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठुलाचौर सामुदायीक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिनुभयो । आगोलागी हुँदा करौडौंको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार