भण्डारीद्धारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा,गाउँपालिकाले ग¥यो सम्मान

म्याग्दी । यहाँकी एक बृद्धाले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ ,भगवतिकी नैनकली भण्डारीले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको हो ।

????????????????????????????????????

मंसिरदेखी यता जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गर्नुभएकी भण्डारीलाई गाउँपालिकाले बेनीमा शुक्रबार एक कार्यक्रमका विच सम्मान गरेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले दोसल्ला र सम्मानपत्रले जेष्ठ नागरिक भण्डारीलाई सम्मान गर्नुभएको हो । भण्डारीले यसअघि साउन देखी यता कात्तिक महिना सम्मको १२ हजार रुपैयाँ गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्नुभएको थियो ।

८५ बर्षिया भण्डारीले राज्यबाट आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । भत्ता नलिने घोषणा गर्नुभएकी भण्डारीलाई गाउँपालिकाले उत्कृष्ट नागकिको रुपमा सम्मान गरेको प्रमुख प्रशासकीय सुवेदीले बताउनुभयो । भण्डारी गाउँपालिकाका अध्यक्ष भण्डारीकी आमा समेत हुनुहुन्छ ।

‘राज्यबाट आफुले पाउने जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिइ राज्यलाई नै उपलब्ध गराएर योगदान पु¥याउनुभएकी भण्डारीलाई गाउँपालिकाले सामाजिक सुरक्षा नियमावली२०७६ नियम१४ बमोजिम उत्कृष्ट नागरिकको रुपमा सम्मान गरेको हो ,’ –प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ।

‘आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता राज्यलाई नै फिर्ता गरेर जिविकोपार्जन गर्न नसक्ने अन्य असहाय नागरिकलाई सहयोग पुगोस् भन्ने हेतुले आमाले भत्ता नलिने निर्णय गर्नुभएको हो ,’–छोरा केबीले भन्नुभयो । साथै उहाँले आर्थिक रुपमा सक्षम र आफै जिविकोपार्जन गर्न सक्ने नागरिकले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता असहाय र जिविकोपार्जन गर्न नसक्ने नागरिकलाई सहयोग गर्न समेत अपिल गर्नुभयो ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार