राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र

म्याग्दी । नेपाल मगर विद्यार्थी संघले बेनीमा  आयोजना हुने रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारीलाई तिब्रता दिएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको आगामी फागुन २७ र २८ गते दुई दिनसम्म बेनीमा राष्ट्रिय विस्तारित भेला हुनेछ । संघले शनिबार पत्रकार सम्मेलन मार्फत भेलाको आन्तरिक तयारीलाई तिब्रता दिइएको जनाएको छ ।

भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने आर्थिक राजनीतिक लगायतका विषयमा छलफल हुने अध्यक्ष बिष्णुकुमार  थापा मगरले बताउनुभयो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले कार्यक्रमको उद्घाटन गर्ने संघका महासचिव प्रेम रोका मगरले जानकारी दिनुभयो ।

भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना विश्वविद्यालयको १४ जना लगायत स्वयंमसेवकहको उपस्थित हुने छ। अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनको तयारी थालिएको महाचिव रोका मगरले बताउनुभयो । महासचिव रोकाले संचालन कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा र संघ तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । गत बर्ष कार्यक्रमको तय गरिए पनि कोभिड–१९ का स्थगित भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार