नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

बेनी । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिबमा नारायण शर्मा, कोषाध्यक्षमा धु्रबराज सुबेदी र सहसचिवमा रामु रिजाल निर्वाचित हुनुभएको छ । सर्बसम्मत कार्यसमिति चयन भएको हो ।सदस्यहरुमा लक्ष्मी सुबेदी, शान्ति आचार्य पौडेल, जमुना सुबेदी पौडेल, गौरी थापामगर, दिप्ति श्रेष्ठ र मुक्ति सुवेदी सर्व सम्मत चयन हुनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभएको कार्यक्रममा पुस्तक व्यवसायी महासंघका जिल्ला सचिव नारायण शर्माले प्रगति र कोषाध्यक्ष ध्रुवराज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रम पुस्तक व्यवसायी महासंघका जिल्ला अध्यक्ष मुकुन्दप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष नवराज पौडेलको स्वागत र सचिव नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार