म्याग्दीमा लकडाउन दश दिन थपियो

बेनी । म्याग्दीमा लकडाउन जेठ १० गतेसम्म लम्बिने भएको छ । जिल्लामा कोरोना संक्रमणको दर थप बढ्न नदिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मलाई लकडाउन जारी गरिएको थियो ।

जिल्लामा संक्रमण्दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि बैशाख ३१ देखि जेठ दश गतेम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । लकडाउनलाई यसअघिको भन्दा कडाई गर्ने समेत निर्णय भएको छ । जारी लकडाउन फितलो हुँदा संक्रमणदर बढेको भन्दै थप कडाई गर्न सरोकारवालाहरुले आग्रह गरेका थिए । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् ।

लकडाउनमा सार्वजनिक वा निजि यात्रु तथा मालवाहक साधन मोटर साइकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ । अस्पताल,औषधालय ,स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहनेछन् । तरकारी, फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पुर्ण पालन गरी विहान ५ बजेदेखि ८ बजेम्म संचालन गर्न पाउने बैठको निर्णय छ । जमघट र भेला हुने धार्मिक ,सांस्कृतिक र सामाजिक कार्यक्रम सन्चालन गर्न निषेध गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार