भीम माविमा रेडक्रस सर्कल र बाल क्लब गठन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविमा जुनियर युवा रेडक्रस सर्कल र बाल क्लब गठन गरिएको छ । शिक्षक सुवास पुन मगरका अनुसार,शुक्रबार युवा सर्कलको अध्यक्षमा विश्वास घर्ती मगर चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा सागर घर्ती ,सचिवमा विपिशा राना ,कोषाध्यक्षमा सुमिना घर्ती ,सहसचिवमा समिक्षा घर्ती ,उपकोषाध्यक्षमा करिना पुन मगर चयन हुनुभएको छ ।

भने सदस्यहरुमा विनोद सुनार,एमन पुन,दिपशिखा पुन ,शिखा पुन ,शितल विक ,सिन्धु घर्ती ,लेखान्त पुन रहनुभएको छ । भने सर्कलको शिक्षक नायकमा प्रकाश सापकोटा र संरक्षकमा प्रअ डम्बरबहादुर घर्ती मगर रहनुभएको छ । त्यस्तै बाल क्लबको अध्यक्षमा मेलिना फगामी ,उपाध्यक्षमा सज्जन पुर्जा,सचिवमा नेहा पुर्जा ,सहसचिवमा समिक्षा पुर्जा चयन हुनुभएको छ । भने सदस्यहरुमा कृष्टि पुन ,समिक्षा पुन,शिरिस्ती पुन ,रितु पुन ,सुवानी पुन ,तेरिया तिलिजा ,लक्षिण फगामी , मिशल बुढा ,जेनी बुढा र शिव पुर्जा रहनुभएको शिक्षक सुवास पुन मगरले जानकारी दिनुभयो ।उहाँका अनुसार ,यसअघि रेडक्रस सर्कल विभिन्न उत्कृष्ट कार्यक्रम संचालन गरेर जिल्लामै दुई पटक प्रथम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार