मदन–आश्रित स्मृति दिवसमा सरसफाइ

  म्याग्दी न्युज संवाददाता

बेनी । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीबजारस्थित प्रवेशद्धार कालिपुल क्षेत्र सरसफाई गरिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ ।नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, पूर्वमन्त्री नरदेबी पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायत नेता तथा कार्यकर्ताको उपस्थितीमा कालिपुलको प्रवेशद्धारदेखि बसपार्कसम्म सरसफाई गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष सुबेदीले प्रवेशद्धार क्षेत्रमा देखिएको समस्या समाधान तथा बसपार्क हुदै गन्तब्यमा जाने यात्रुलाई सकारात्मक सन्देश दिने गतिविधि, होटलका गुनासो सुधार हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा बेनीबजारका बारेमा नकारात्मक टिप्पणी भइरहेको भन्द सुधारका आवश्यकता भएका क्षेत्रमा तत्काल सुधार र अनावश्यक प्रचारप्रसार गर्नेलाई सचेत बनाउनुपर्ने बताइएको थियो ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार