म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण, चुनावी प्रतिबद्धता अनुसार बजेट ल्याउन निर्देशन

  म्याग्दी न्युज संवाददाता

बेनी । स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायत विभिन्न विषयमा केन्द्रित भएर प्रशिक्षण दिइएको थियोा एक दिवसीय प्रशिक्षणमा नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट,नेकपा एमालेका केन्द्रिय सदस्य एवम् म्याग्दी इन्चार्ज गोविन्द नेपालीले जनतालाई साथमा लिएर गरेको कामबाट पार्टीको प्रभाव विस्तारसँगै समृद्ध नेपालको परिकल्पना समेत पूरा हुनेमा जोड दिए ।

नेकपा एमाले म्याग्दीका निर्वतमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले आफ्नो भूगोलमा रहेका पिछडिएको वर्ग,दलित र अल्पसंख्यकहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई अनुरोध गदैं स्थानीय जनमतले पार्टीको सबैभन्दा ठूलो शक्ती भएको बताए । प्रशिक्षणको क्रममा जनताको आवश्यकतामा केन्द्रित भएर बजेट विनियोजन सहित निर्वाचित भएपछिको कार्यसम्पादनको लिखित विवरण प्रस्तुतसँगै चालू आवमा पालिका र वडामा प्रक्षेपित बजेटको बिवरण, आगामी बर्षमा प्रस्तावित योजना बिवरण पेश, निर्वाचनको घोषणा÷प्रतिबद्धतासंग बजेटको तादम्यताको स्थिति बिश्लेषण, असल अभ्यासको अनुभव आदानप्रदान लगायतका विषयमा केन्द्रित रहेको थियो ।

प्रशिक्षणमा एमालेबाट निर्वाचित प्रमुख, उप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले जनताको प्रत्यक्ष उपस्थितीमा कार्यसम्पादन हुने तहका जनप्रतिनिधिको कार्यसम्पादन तथा भावि योजना, समस्या, कमीकमजोरीको समेत समिक्षा गरिएको बताउनुभयो । प्रशिक्षण्को जिल्ला अध्यक्ष सुबेदीको अध्यक्षता उपसचिव खड्क गिरीको स्वागत तथा सचिव थमसरा पुनले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार