म्याग्दीमा भयावह बन्दै कोरोना : एकैदिन थपिए २३५ जना संक्रमित ,एकको मृत्यु

बेनी ।म्याग्दीमा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय म्याग्दीका अनुसार म्याग्दीमा थप २३५जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ८७९ पुगेको छ । कोरोना संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना, अन्नपूर्ण गाउँपालिकाका ७५ जना, धवलागिरी गाउापालिकाका १ जना र जलजला गाउँपालिकाका ३ जना गरी जम्मा २२३ जना(पिसिआर)बाट र रघुगंगा गाउँपालिकाका ५ जना, बेनी नगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा १२ जना(एन्टीजेन विधि)बाट रहेका छन्। यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ ।

शनिबार मात्र १० जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ । भने ४४५ जना संक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । म्याग्दीबाट बैशाख २५,२६,२७ ,२८ र २९ गते नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको थियो । म्याग्दीबाट संकलन गरेर पठाइका मध्य अझै ४२८ नमुनाको रिपोर्ट आउन बाँकी छ ।यसैगरी कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ की ४५ बर्षिया  महिलाकाे शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ११ पुगेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार