पाल्लेखर्कका शताब्दी पार गरेका ज्येष्ठ अभिभावक छन्त्यालको निधन

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले स्थित पाल्लेखर्क निवासी १०१ वर्षीय ज्येष्ठ नागरिक रिबहादुर (घ्याप्चन )छन्त्यालको निधन भएको छ । एक शताब्दीभन्दा लामो जीवनयात्रा पूरा गरी समाजका लागि प्रेरणाको स्रोत बन्नुभएका छन्त्यालको असार २४ गते आफ्नै निवासमा निधन भएको हो। उहाँको निधन भएपछि सम्पूर्ण गाउँ नै शोकमग्न बनेको छ। साधारण जीवनशैली, सबैसँगको आत्मीय व्यवहार र समाजप्रतिको समर्पणका कारण रिबहादुर छन्त्याललाई गाउँमा अत्यन्त सम्मानका साथ हेरिन्थ्यो।

भौगोलिक रुपमा दुर्गम गाउँमा जन्मिएर एक शताब्दीभन्दा लामो जीवन यात्रा पूरा गर्दै उहाँले दुःख–सुख, संघर्ष र परिवर्तनका अनेकौं युग देख्नुभयो। गाउँको इतिहास, परम्परा र संस्कृतिसँग गाँसिएको उहाँको जीवन अब सम्झनाका अमूल्य पानामा सीमित भएको छ।उहाँको निधनप्रति विभिन्न सामाजिक संस्था, छन्त्याल समुदायका अगुवा तथा स्थानीय व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको पवित्र आत्माको चिरशान्तिको कामना गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार