कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि वैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले संक्रामक ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी, अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकलाई रोक लगाइएको छ ।
स्वास्थ्य संस्था तथा औषधि पसल २४ घन्टा खोल्न पाइने छ भने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ९माछामासु, फलफूल, तरकारी, खाद्यान्न०लगायतका व्यवसायिक प्रतिष्ठान बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नुपर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै, आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ । नागरिक खबरबाट