ओली र नेपालबीच भेटवार्ता सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।आज बिहान ओलीले नेपाललाई टेलिफोन गरी भेटका लागि प्रस्ताव गरेका थिए ।

आजै बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल लगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही फुकुवा गरेको थियो । २०७५ असोज २ गतेको स्थितिमा फर्कनुपर्ने माग पूरा नभए आज दिनको ४ बजे नेपाल पक्ष सांसदले राजीनामा दिने चेतावनी दिइसकेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार