कांग्रेसले क्रियाशील सदस्यको नामावली वेवसाइटमा राख्यो

काठमाडौं । नयाँ सरकार गठन गरेर त्यसको नेतृत्व गर्न तम्सिएका कांग्रेस अब आफ्नो पार्टीको १४ औ महाधिवेशनमा केन्द्रीत हुने भएको छ ।

भदौं ७ गतेदेखि महाधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । उक्त समयदेखि महाधिवेशन गर्न कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको विवरण केन्द्रमा कलेक्सन गरिसकेको छ ।

क्रियाशील सदस्यको नामावली कांग्रेसले आफ्नो पार्टीको वेवसाइटमा राखिसकेका छन् । देशभरिका क्रियाशील सदस्यको नाम अब वेवसाइटमा नै हेर्न मिल्ने कांग्रेसले जनाएको छ ।कांग्रेसको क्रियाशील सदस्यको विवरण www.nepalicongress.org मा हेर्न सक्ने व्यवस्था गरेको छ ।

सार्वजनिक गरिएको नामावली उपर कुनै उजुरी वा गुनासा भए ७ दिन भित्र [email protected] मा मेल गर्न सकिने कांग्रेसले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार