काठमाडौं । सरकारले प्रतिनिधी सभा दोस्रोपटक भंग गरेको छ ।संसद विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेको भन्दै सरकारल् पछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएको हो ।
केहीबेर अगाडि मात्रै राष्ट्रपतिले केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाले सरकार गठनका लागि गरेको दावीमा वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गर्नुभएको थियो ।प्रधानमन्त्री ओलीकै सिफारिशमा ५ पुस २०७७ मा पनि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।