बेनी । कास्कीको पोखरा घर भई हाल बेल्जियम स्थित आन्ट्रोपेनमा होटेल व्यवसायी गर्दै आउनुभएका अजित तुलाचनको आर्थिक सहयोगमा म्याग्दीमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी समुदाय स्तरमा बढीरहेकाले त्यसको जोखिम कम गर्न होटल व्यवसायी तुलाचनको ५० हजार रुपैयाँ आर्थिक सहयोगमा मास्क ,साबुन ,स्वानिटाइजर र एक थान अक्सिजन लगायत स्वाथ्य सामाग्री वितरण गरिएको हो ।
उक्त स्वास्थ्य सामाग्री जिल्लाका मंगला गाउँपालिका ,धवलागिरी गाउँपालिका , सुरक्षकर्मी ,सवारी चालकलाई वितरण गरिएको समाजसेवी तथा कांग्रेस नेतृ बिमला गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस धवलागिरी गाउँपालिकाका सचिव नगेन्द्र मल्ल र मंगला गाउँपालिकाको लागि नेपाली कांग्रेस प्रदेश सभा २ का सचिव श्रीराम पौडेललाईहस्तान्तरण गरिएको छ ।