घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिसिर मल्ल रहेको प्यूठान प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

गैरेका अनुसार एउटा कोठा मात्र भत्केको थियो । बिहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ ।

सोहि घरमा सुतेका अन्य ४ छोरीहरु भने अर्को कोठामा रहेकाले सकुसल रहेका छन । मृतकको शब पोष्टमार्टमका लागि बिजुवार ल्याउने तयारी भईरहेको छ । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो । प्रहरी बिहान अबेला घटना स्थलमा पुगेको थियो । nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार