ओलीले बोलाए स्थायी समितिको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् । अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल समूहले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन । बरु माधव समूह विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च जान लागेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार