
काठमाडौँ । संवैधानिक इजलासमा शुक्रबार ३० वटा रिटको सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको उक्त इजलासमा अहिले वकिलहरूले बहस गरिरहेका छन्।
बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका छन्।
संवैधानिक इजलासले एउटा रिटमा बहस गर्न वकिलहरूलाई १० मिनेट समय दिएको छ। कुनै रिटमा बहस गर्दा एकै वकिलले पनि १० मिनेट बहस गर्न सक्छन् वा दुई वकिलले पनि जम्मा १० मिनेट बहस गर्न पाउँछन्।
आज सुरूमा संवैधानिक इजलासमा दर्ता भएका ११ रिटको सुनुवाइ हुँदैछ। यसअघि बिहीबार प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा दर्ता नभएका बाँकी १९ मुद्दालाई पनि संवैधानिक इजलासमा पठाएका थिए। सेतोपाटीबाट