खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ ।

सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ । एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका अनुसरा जहाजबाट ८ लाख डोज खोप ल्याइने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरुलाई दिइएको जुहार्चनले जानकारी दिनुभयो। खोप लिएर जहाज मंगलबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार