हिमाली साँस्कृतिक परिवारका अध्यक्ष गुरुङको निधन

कास्की । हिमाली साँंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ । तीत साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उनको उपचारका क्रममा गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो ।

पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो । आफू पनि कोरोना संक्रमित भएका मेनकाजीले त्यसबेला कोरोनालाई परास्त गर्न सफल भएका थिए ।

स्वर्गीय गुरुङको आजै बौद्ध अर्घौं सदनमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ । उनले पोखरामा स्थापना भएको हिमाली साँस्कृतिक परिवारमा लामो समयसम्म एकल नेतृत्व गर्दै आएका थिए । लामो समयदेखि उनको अगुवाईमा परिवारले कौरा, घाटु, रोधीलगायतका प्रस्तुति देशविदेशमा प्रदर्शन गर्दै आएको थियो । स्वर्गीय गुरुङका १ छोरा १ छोरी छन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार