धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ‘ब्ल्याक फंगसको लक्षण आधारमा उनको उपचार भइरहेको थियो,’ उहाँले भन्नुभयो, ‘अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो ।’ श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।
यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उनको बायोप्सी परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो । ekantipurबाट