
काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
उहाँलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ । अनलाइनखबरबाट