काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै विरोध प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही, सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् । चुरे दोहन, बहुल राष्ट्रिय राज्य र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको उनीहरुको भनाई छ । नागरिक खबरबाट