स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश संयोजकमा म्याग्दीका सुवेदी

बेनी । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ ।स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकबाट जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर ६ का सुवेदी सर्वसम्मत रुपमा गण्डकी प्रदेश समितिको संयोजकमा चयन हुनुभएको हो । सुवेदीको संयोजकत्वमा १५ सदस्यीय गण्डकी प्रदेशमा समिति गठन गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचाीहरुको भर्चुअल बैठकमा सहभागीता रहेको थियो ।

संयोजक सुवेदी हाल पोखरा महानगरपालिकामा कानून अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । समितिको सदस्यसचिवमा अजय सुवेदी ,सदस्यहरुमा शिव श्रेष्ठ, दीपकराज त्रिपाठी, सुर्जन तिवारी, चित्रबहादुर पौडेल, विनोद सुवेदी, गीता पाठक, उत्तम पौडेल र पिताम्वर सुवेदीलाई चयन भएका छन् ।

म्याग्दी, पर्वत, तनहुँ र मुस्ताङबाट मनोनित गर्न बाँकी रहेको र पछि मनोनित गरिने संयोजक सुवेदीले बताउनुभयो। उहाँले समितिले स्थानीय तहका कर्मचारीहरुको साझा संस्थाका रुपमा रहेर उनीहरुको सेवा सुविधा, बृत्ति विकास, कार्य क्षेत्रमा खटिदा आइपर्ने समस्या समाधान लगायतका विषयमा पैरवी गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार