म्याग्दीमा जेठ ३१ सम्म लम्बियो लकडाउन

बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा)थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुंअल माध्यमबाट बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आगामी जेठ ३१ सम्म लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेको हो । जारी लकडाउन सोमबार राति १२ बजे सकिदैछ ।

जारी लकडाउन भन्दा केही खुकुलो बनाइएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् । साताको आइतबार र बुधबार दुई दिन विहान १० बजेदेखी २ बजेसम्म बैंक ,वित्तिय संस्था तथा सहकारी खुलेका छन् । यसैगरी तरकारी, खाद्यन्न, बिउबिजन, कृषि औजार, निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजे देखि १० बजेसम्म संचालन गर्न पाएका छन् ।जारी लकडाउनमा सदरमुकाम बेनी संगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार