ताप्लेजुङ । कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उहाँलाई उतै कोरोना संक्रमण भएको थियो । उपचारको क्रममा बरुवालको निधन भएको उहाँको परिवारले पुष्टी गरेका छन् ।
अमेरिका बस्दै आउनुभएका उहााँका परिवारलाई भेट्न तथा छोराको ब्रतवन्ध कार्यमा सहभागी हुन बरुवाल अमेरिका पुग्नुभएको थियो । उहाँ ताहचल क्याम्पसका सह प्राध्यापक समेत हुनुहुन्थ्यो । nagariknews.nagariknetworkबाट