
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा असार ९ गतेबाट निरन्तर सुनुवाई हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले असार ९ बाट निरन्तर सुनुवाई गरिने बताउनुभएको हो ।
सांसदहरुको रिटमा बुधवार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ । प्रधान न्यायाधीश सहिका पाँच न्यायाधीशले आन्तरिक छलफल पछि लिखित आदेश आउने जानकारी गराएका छन् ।
‘केही बेरमा लिखित आदेश आउँछ’ संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने–‘लिखित आदेश आउँछ लिएर जानुहोला ।’ न्यायाधीश इश्वर खतिवडाले २९ वटा रिट एकातिर र शेरबहादुर सहितका सांसदहरुको रिट एकातिर राखेर सुनुवाई गरिने इजलासमा जानकारी गराउनुभएको छ । रातोपाटीबाट