पहिरोमा परी दोबाकी राम्जाली घाइते

सुरेन गुरुङ
पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको कारण घरतर्फ फर्किने क्रममा पोखरेबगर र तातोपानी बिचमा गएको पहिरोमा तर्न खोज्दा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते हुनुभएको हो । राम्जालीको ढाड ,मुखमा चोट लागेको छ । घाइते राम्जालीको पोखरेबगर स्थित एक क्लिनिकमा उपचार भइरहेको छ।घाइते राम्जालीलाई स्थानीयले उद्धार गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार